मुख्यमन्त्री शाहीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन् « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री शाहीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन्


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा काम गरेको रकमसमेत जनताले पाउन नसकेको आरोप लगाएका छन् । 

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनी पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजनिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो । 

कर्मचारीले आफ्नो हिसाब नमिलेपछि जनताको भुक्तानी दिन आनाकानी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मताहतमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस