३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक सम्पन्न,जापान पठाउन सहजीकरण गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । 

सन् २०१९ मा सम्पन्न श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा विभिन्न ४ वटा बुँदामा छलफल भएको छ । 

बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने समझदारी भएको छ भने जापानको स्पेसिफाइड स्किल वर्कर्स प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने भनिएको छ । 

यसैगरी नेपालमा जापनिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदातालाई गराउने बारे छलफल भएको नेपालको तर्फबाट संयोजकत्व गरेका मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । 

बैठकसँगै नेपालीहरूलाई जापानमा काम गर्न सहज हुने र ढोका खुलेको मन्त्रालयका सचिव एक नारायण अर्यालको भनाई छ । बैठकको शुभारम्भ गर्दै मन्त्रालयका सचिव अर्यालले नेपाल जापान श्रम समझदारी पत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्यसमितिको बैठकलाई सफलताका शुभकामना व्यक्त गरेका थिए । 

संयुक्त बैठकमा नेपालको तर्फबाट सहसचिव पोखरेलसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र मन्त्रालयका उपसचिव थानेश्वर भुसाल रहेका थिए भने जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको थियो । 

नेपाल जापान संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस