काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मङ्सिरमा गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।
बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरूसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मङ्सिरको मिति स्वाभाविक र अपेक्षित रहेको बताए ।
अघिल्लो चुनावमा सबैभन्दा बढी मत र सिट ल्याएको एमालेले आगामी चुनावको तिथि मिति तोक्ने छलफलमा आफ्नो राय राख्ने मौकासमेत पाएन ।