काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा.नवीन्द्र गौतमलाई मनोनीत गरेको छ ।
सोमबार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले यी दुई सदस्य थप गरेसँगै केन्द्र सञ्चालक समितिले पूर्णता पाएको छ । ११ सदस्यीय सञ्चालक समितिमा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारी सदस्यसचिव छन् ।
सदस्यहरूमा नेकपा (एमाले)का सांसद ईश्वर पोखरेल, स्वास्थ्यसचिव डा.रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टु नेपालका विजय राई, डा. युवराज लिम्बू, काठमाडौँ विश्वविद्यालयका डीन डा.राजेन्द्र कोजु, वीना दवाडी रहेका छन् ।
रिक्त रहेका दुई सदस्य पदमा डा. रेग्मी र डा. गौतम नियुक्त भएसँगै समितिले पूर्णता पाएको हो । सदस्यको पदावधि चार वर्षको हुनेछ ।







