२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षमा भूमिसँग सम्बन्धित सबै समस्या समाधान हुन्छ  : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छिन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैयामुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवा चरुवालगायत जग्गा नभएकालाई जमिनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर लागेको दाबी गरिन् ।

भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानका रूपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरणगरिसकेको उनले बताइन् । मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन श्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताइन् ।

सरकार विकास तथा सीमान्तकृत, पिछडिएको वर्गको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरूप अघि बढिरहेको पनि उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोक कल्याण्कारी राज्य स्थापना गर्ने रहेको पनि बताइन् ।