बेलायती प्रधानमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा


२३ असार २०७९, बिहिबार


काठमाडौँ । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्।

केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जना भन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।

सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस