२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका ५३८ उम्मेदवारले बुझाए खर्च विवरण

अ+ अ-

भादगाउँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चार वटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् ।

गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४९४० तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार अझै ३९० उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । उनले असार मसान्तसम्ममा बाँकी उम्मेदवारले पनि खर्चको विवरण बुझाउने बताए ।

सूचना अधिकारी बिसीले विवरण बुझाउनेहरुको विवरण रुजु गर्न बाँकी रहेकाले कुन दल, कुन स्थानीय तहका उम्मेदवार र निर्वाचित वा पराजित क–कसले खर्च विवरण बुझाएका हुन् यकिन गर्न बाँकी रहेको जानकारी दिए ।

‘समय अभावका कारणले खर्च विवरण बुझाउनेहरुको पार्टी, नगरपालिका र वडा केही छुट्याउन सकिएको छैन,’ उनले भने, ‘आएको जति सबैको अहिले दर्ता मात्र गरिएको छ, अरू केही खुलाइएको छैन ।’ सूचना अधिकारी बिसीले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचनसम्बन्धी ऐनअनुसार कारबाही गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस