मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेनको चर्को आलोचना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेनको चर्को आलोचना


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौँ महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन्।

परिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस