२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै सरकारले ल्याएको बजेटको गुनासो बोकेर प्रधानमन्त्री भेट्न सुदूरपश्चिमका मन्त्री काठमाडौँमा

अ+ अ-

 काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको गुनासो गर्न प्रदेशका मन्त्रीले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् ।

आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका हुन् । दिउँसो प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रीनिकट स्रोतले बताएको छ ।

सामाजिक विकास मन्त्रालयले सिफारिस गरेका योजना काटेर मन्दिर निर्माणमा बजेट राखिएको भन्दै रुष्ट रहेका मन्त्री बोहराले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका हुन् ।

बोहरा र प्रधानमन्त्री देउवाको एकै जिल्लाका हुन् । उनी देउवानिकट मानिन्छन् ।

‘रातो किताबमा सामाजिक विकास मन्त्रालयको मन्दिरमा बजेट हालेको देखिएको छ । त्यो मन्त्रालयले सिफारिस गरेको पनि होइन मैले गरेको पनि होइन’ उनले भने, ‘त्यो परिवर्तन हुनु पर्छ । मेरो त्यसमा आपत्ति छ ।’ उनले आफ्ना आवश्यकताका योजनाहरू काटिएको आरोप लगाए ।

‘साढे तीन करोडको औषधि बाँड्ने नियमित बजेटमा मैले केही थप गरेको थिएँ त्यो काटिएको छ, कुपोषणसम्बन्धी कार्यक्रम पनि काटिएको छ अर्थ मन्त्रालयले त्यो कुरा मिलाउनु पर्छ ’, बोहराले भने ‘भेटका क्रममा प्रधानमन्त्रीलाई यी विषय पनि जानकारी गराउँछु ।’

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझैसम्म प्रदेशसभामा छलफल सुरु भएको छैन । सत्ता पक्ष र प्रतिपक्षले बजेट संशोधनको माग गरेका छन् । प्रदेशसभा सदस्यहरूकै विरोधका कारण पहिलो पटक ८ गते र दोस्रो पटक १२ गते सदन स्थगित भएको छ ।

आज प्रधानमन्त्री देउवालाई भेट्दा प्रदेश मन्त्री बोहराले सुदूरपश्चिमका योजनाहरूलाई पनि संघीय सरकारले प्राथमिकतामा राख्न आग्रह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस