उपसचिवको अन्तिम नतिजा सार्वजनिक, ४१ जना नियुक्तिका लागि सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपसचिवको अन्तिम नतिजा सार्वजनिक, ४१ जना नियुक्तिका लागि सिफारिस


७ असार २०७९, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मङ्गलवार प्रशासन, लेखा परीक्षण र संसद् सेवाका विभिन्न समूहका ४१ जनाको नाम सिफारिस गरेको हो । आयोगका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ १७ जना, लेखा समूह ६ जना, राजस्व समूह ३ जना, लेखा परीक्षण ८ जना, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फ १ जना, नेपाल न्याय सेवा तर्फको सरकारी वकिल समूह दुई जना, कानून समूह एक जना र न्याय समूह तीन जना बढुवा नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस