२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गरेका थिए ।

यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताए ।

उनले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिए ।

आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गरे ।

बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात घटाउने कुरामा केन्द्रित छ भने ।

विशेष समय

प्रदेशसभाको बैठकमा नेकपा एमाले संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य जीवन घिमिरेले सरकारले इन्धनमा बढाएको मूल्यले घरदेखि बाहिरसम्म असर परेकाले इन्धनको मूल्य तुरुन्त घटाउनुपर्ने माग गरे ।

उनले किसानलाई सहज रुपमा मल, बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न बजेट विनियोजन नभएकामा आपत्ति जनाए ।

उनले विमानस्थलको स्तरोत्रति गर्न विगतमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग त्रिपक्षीय सम्झौता भएको अवस्थामा बजेट विनियोजन नहुनु दुःखद हो भने ।

उनले भारत सरकारको सहयोगमा भारतको बथनहादेखि मोरङको कटहरीसम्म चल्ने रेलको विषयमा नेपाल सरकारले गर्नुपर्ने काम समयमै नगरेकाले नेपालतर्फको काममा अवरोध आएको जानकारी दिँदै रेलको सम्पूर्ण काम गर्न सरकारको ध्यानाकर्षण गराए । यसैगरी, बैठकमा आर्थिक विधेयक, २०७९ माथि छलफल सुरु भएको छ ।

छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र वसन्तीदेवी यादवले आ–आफ्ना धारणा राखेकी थिइन् । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्नेछ ।