२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा निषेध

अ+ अ-

पूर्वी नवलपरासी । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आज (बुधबार)देखि निकुञ्जभित्र प्रवेशमा रोक लगाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जङ्गलका स–साना खोलामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

अर्को सूचना नआएसम्म जङ्गलमा जान नपाइने जनाइएको छ । यस क्रममा निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएको हो ।

यस्तै वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई पनि बन्द गरिएको छ । निकुञ्जभित्र आएका पर्यटकबाट यस वर्षको गत वैशाखसम्म १० करोड भन्दा बढी राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकृत तिवारीले जानकारी दिए ।

हरेक वर्ष सामान्यतः असारदेखि भदौसम्म निकुञ्जमा अफ सिजन मानिन्छ । सौराहामा मानव चाप बढी भएका कारण गैँडा लगायत वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकहरू पूर्वी नवलपरासीको अमलटारी क्षेत्रमा आउने गरेका छन् । त्यहाँको फराकिलो घाँसे मैदानमा गैँडाको बथान नै देखिने गरेका कारण पर्यटकहरू नवलपरासीतर्फ बढी आउने गरेका हुन् ।