२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

अ+ अ-

वालिङ । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इन्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।

स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए ।

‘यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेसन जानुभएको थियो’, उनले भने, ‘जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौँ, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेस गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुने छ ।’

सम्भावित स्थानको आधारभूत तथ्याङ्क सङ्कलन गरिएको उनले बताए । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उनले बताए ।

‘प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ’, उनले भने, ‘त्यसका लागि स्थानीयस्तरबाट निर्माण कार्यका लागि राजी छौँ भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनका काम अगाडि बढ्नेछ ।’

स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटक पटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ ।

रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

प्रतिक्रिया दिनुहोस