काठमाडौँ । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौँको काडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडिबुटीतिरै गइरहेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राई सख्त घाइते भएकी थिइन् ।
महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।