३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैनचौरमा ३५ लाख लुटपाट प्रकरण : दाङबाट थप एक पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका-१० का २५ वर्षीय सुदन नेपाली पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार नेपालीलाई शुक्रबार दाङ भालुवाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

नेपालीसहित केही युवाहरूले काठमाडौँको लैनचौरमा जेठ ८ गते अपराह्नमा ३५ लाख लुटपाट गरी फरार भएका थिए। उनीहरूले एक जना व्यापारीलाई सस्तोमा सुन दिने भन्दै ती व्यक्तिलाई प्रलोभनमा पारेका थिए।

३५ लाखमा धेरै सुन पाउने भएपछि पीडित व्यापारी लैनचौर पुगेका थिए। तर उनी लुटिएपछि प्रहरी वृत्त लैनचौर पुगेका थिए।

त्यसपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा पैसा खोसाखोस हुँदा एउटा मोबाइल पनि खसेको थियो।

सो मोबाइलबाट यस घटनामा प्रहरीको पनि संलग्नता भएको खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यस घटनामा एक जना सिपाही र एक जना हवल्दारको संलग्नता रहेको खुलेको हो। प्रहरीले यस घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।

यसअघि पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घर भई बुढानीलकण्ठ नगरपालिका-६ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौं मालीगाउँ बस्ने ३४ वर्षीय सालिक राम नेपाली छन्।

पक्राउ परेका नेपालीबाट पनि कुनै रकम भने फेला नपरेको प्रहरी उपरीक्षक काफ्लेले बताए। उनको घरमा पनि तलासी लिन बाँकी रहेको उनले बताए।

यस्तै थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस