टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँमा परेको वर्षाका कारण टुकुचा खोलामा आएको बाढीले एक जनाको मोटरसाइकल बगाएको छ।

काठमाडौँ महानगरपालिका वडा–२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा आएको बाढीले मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल बाढीले बगाएको हो।

चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको छ भने बगाएको मोटरसाइकल खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस