वैद्य सचिवमा बढुवा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वैद्य सचिवमा बढुवा


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेकामध्ये पहिलो नम्बरमा रहेका जल तथा ऊर्जा आयोगका सहसचिव वैद्यलाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सर्जु कुमार वैद्य, दोस्रो नम्बरमा राम आधार साह र तेस्रो नम्बरमा विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस