नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आइपिएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि शुभमान गिलले नटआउट ४५, कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। राजस्थानका लागि जोश बटलरले ३९ रन यशस्वी जैसवाल २२ र कप्तान सन्जु सामसनले १४ रन जोडे।

बलिङतर्फ गुजरातका कप्तान हार्दिकले ३, साइ किशोरले २ तथा मोहमद सामी, यश दयल र रासिद खानले समान १-१ विकेट लिए।

राजस्थानलाई हराएर फाइनलमा पुगेको गुजरातले फाइनलमा पनि राजस्थानलाई नै हराएर उपाधि हात पारेको हो। ।

Tags :
प्रतिक्रिया दिनुहोस