सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक जनशक्ति खटाइने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक जनशक्ति खटाइने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ ।

कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सरकारले हरेक स्थानीय तहमा स्नातक जनशक्ति र प्रत्येक वडामा कृषि प्राविधिकको प्रबन्ध गर्ने उद्घोष गरेको हो।

कृषि उत्पादकत्व बढाउन प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने, कृषि स्वयंसेवक तयार गर्ने, किसानहरुलाई सहुलियत कर्जा दिने, कृषि बीमा गर्ने, कृषि उत्पादन सङ्कलन केन्द्र विस्तार गरिनेलगायतका कार्यक्रम बजेटमा समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस