काठमाडौँ । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गङ्गादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।
शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएका थिए ।
उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिए पनि राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।