२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरका दश पालिकामध्ये चारमा काँग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी

अ+ अ-

वाग्मती । मकवानपुरको १० वटा स्थानीय तहमध्ये सात वटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

हेटौँडा उपमहानगरपालिकासहित तीन वटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार एमालेले दुई वटा गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ ।

गठबन्धनतर्फबाट नेपाली काँग्रेसले चार गाउँपालिकामा अध्यक्ष र जिल्लाको एक मात्र नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादीले एक नगरपालिकामा प्रमुख जितेको छ भने काँग्रेसले जितेका सबै चार वटा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारूढ गठबन्धन विजयी भएको हो । थाहामा अघिल्लो निर्वाचनमा पनि माओवादी–काँग्रेसबिच चुनावी तालमेल भएको थियो र प्रमुख तथा उपप्रमुखमा माओवादी र काँग्रेसले नै जितेका थिए ।

त्यस्तै नेपाली काँग्रेसले साबिकको विजयलाई कायम राख्दै राक्सिराङ र बकैया गाउँपालिका जित निकालेको छ भने यसअघि एमालेले जितेका कैलाश र मकवानपुरगढी पनि जित्न सफल भएको छ । कैलाशमा माओवादी र काँग्रेसबिचमा मात्रै चुनावी तालमेल भएको थियो भने एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

यस गाउँपालिकामा एमालेबाट अध्यक्ष जितेका टङ्क मुक्तान एकीकृत समाजवादी प्रवेश गरेका थिए । निर्वाचनमा पुन एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका मुक्तानले अत्यन्तै न्यून मत पाएका छन् ।

मकवानपुरको उत्तरी गाउँपालिका इन्द्र सरोवरमा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । यो पटक पनि यहाँ एमालेले नै जित निकालेको छ ।

एकीकृत समाजवादी प्रवेश गरेका यहाँका निवर्तमान अध्यक्ष जीवन लामा पनि पालिकाको अध्यक्ष लडेका थिए । उनको पनि धरौटी जफत हुन पुग्यो । इन्द्र सरोवरमा एमालेका देवकृष्ण पुडासैनी विजयी बने । नवनिर्वाचित अध्यक्ष पुडासैनी अघिल्लो निर्वाचनमै अध्यक्ष लड्न शिक्षकबाट राजीनामा दिएर तयार भएका थिए तर पार्टीले उनलाई टिकट दिएको थिएन । यस पालिकामा एमालेले उपाध्यक्ष पनि जितेको छ ।

त्यस्तै एमालेले भीम फेदी गाउँपालिकामा पनि अध्यक्ष जितेको छ । उपाध्यक्षमा भने नेकपा (माओवादी) का उम्मेदवार सन्तोष श्रेष्ठले निवर्तमान उपाध्यक्ष पार्वती रानालाई १६ मतको झिनो मतान्तरले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस