२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा गठबन्धन गर्नु हुँदैनथ्यो : डा. भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गर्नु अनुपयुक्त रहेको बताएका छन् ।

गठबन्धनबाट पार्टीहरुलाई खासै फाइदा पनि नभएको उनको टिप्पणी छ ।

आज (मंगलबार) संसद् बैठकबाट निस्केपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले स्थानीय चुनावको गठबन्धनमा आफ्नो पहिल्यैदेखि असहमति रहेको जानकारी दिए ।

उनले भने, ‘स्थानीय तहका मुद्दाहरु स्थानीय जनता र नेतालाई थाहा हुन्छ । यो केन्द्रबाट टुङ्गो लगाउने विषय नै होइन । त्यसैले गठबन्धन उपयुक्त थिएन ।’

काँग्रेस-माओवादीले अलिकति सेटिङ गरेर गठबन्धनबाट केही लाभ लिएको उनले बताए । ‘उनीहरुलाई अलिकति लाभ भयो । तर, त्यो पनि आपसमा तल मिलेजस्तो देखिएन । गठबन्धनको जे सिद्धान्त थियो, त्यो कसैले पालना गरेन ।’

उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे । चुनावमा धाँधली भएको विषयमा प्रश्न गर्दा डा. भट्टराईले भने, ‘नेपालको लोकतन्त्र भर्खर हुर्किँदै छ । बच्चाले अलिकति फोहोर त गरिहाल्छ । त्यसलाई लिएर बच्चा नै खराब भन्न मिल्दैन ।’