काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाएका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत प्राप्त गरेका छन् ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत प्राप्त गरेकी छन् । उनी स्वतन्त्र उम्मेदवार बालेन भन्दा आधा मतले पछाडि छिन् ।