२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाबाट प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत

अ+ अ-

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि आफूले उम्मेदवारी दिएको बताए ।

उनले तोकिएको समयमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र अन्य तहका निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहितालाई प्रतिकूल असर नपार्ने गरी पुरानै नीति कार्यक्रम र बजेटलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।

सभापति देउवाले निर्वाचनमा सबै पक्षलाई समावेश गर्ने वातावरण मिलाउने र मधेसकेन्द्रित दलको मागबमोजिम ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि साथ रहने विश्वास व्यक्त गरे ।

उनले भने, “अहिलेको आवश्यकता संविधानको सर्वस्वीकार्यता हो, त्यसका लागि संविधान संशोधन विधेयक पारित हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।”

सभापति देउवाले स्थानीय तहको निर्वाचनले ग्राँसरुट डेमेक्र्यासीलाई बल पुग्ने भएकाले जनताको प्रत्यक्ष संलग्नतामा अब विकेन्द्रीकरणलाई स्थापित गर्न र आर्थिक विकासमा लाग्न आवश्यक छ भन्दै विदेशी लगानीकर्तालाई आकर्षित गरेर उद्योगधन्दाको विकास गरी आर्थिक वृद्धिको अवस्थालाई निरन्तरता दिन, कृषि उत्पादनलाई बजारसम्म लाने वातावरण निर्माण, समावेशी प्रणाली र सङ्घीयतालाई स्थापित गर्न तथा विभेदमुक्त मूलक निर्माणका लागि राष्ट्रिय सहमतिका साथ आफ्नो नेतृत्वमा बन्ने सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “नेपाली सुन्दर देश छ, यो समृद्धिको बाटोमा अघि बढ्छ, यहाँ केही अभाव छैन ।”

समझदारीबमोजिम प्रधानमन्त्री प्रचण्डले राजनेतामा हुनुपर्ने गुण देखाउँदै राजीनामा दिएकोमा धन्यवाद दिँदै सभापति देउवाले भोलिका दिनमा पनि मिलेर काम गर्ने बताए ।

उनले नेपालको राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर परराष्ट्र नीति बन्नुपर्ने बताउँदै छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नु पनि नेपालीको हितको विषय भएको उल्लेख गरे ।

‘भारत र चीनको विरुद्ध नेपाली भूमि कहिले पनि प्रयोग हुन नदिनेमा हामीले आश्वस्त पार्ने गरी काम गर्नुपर्छ सभापति देउवाले भने ।’ रासस

प्रतिक्रिया दिनुहोस