२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

अ+ अ-

गलेश्वर । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

मतदान केन्द्र र मतदान स्थलमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान स्थलमा खटाउने तयारी भएको छ भने निर्वाचन सुरक्षा रणनीति पनि तयार पारेर कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उम्मेदवार र राजनीतिक दलले पनि चुनावी सभा, घरदैलो अभियान र मतदाता शिक्षालाई अन्तिम चरणमा पुर्‍याएका छन् भने मतदाता मतदान गर्ने दिनको पर्खाइमा छन् ।

निर्वाचनलाई शान्ति र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभरका ७४ मतदान स्थल र ११४ मतदान केन्द्रलाई लक्ष गरी मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थासम्मका लागि सुरक्षा रणनीति कार्यान्वयन ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ७४ स्थानका ११४ मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत, ११४ मतदान केन्द्रमा २१९ सहायक कर्मचारी एवं प्रत्येक केन्द्रमा एक/एक कार्यालय सहयोगी खटाइने तयारी भएको छ ।

निर्वाचन सम्पन्न गराउनका लागि ५६१ कर्मचारी खटाइएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृत तोक्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।

उनका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवं निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको छ । मतदान अधिकृतलाई नियुक्ति दिएपछि मतदान स्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने तयारी भएको छ ।

जिल्लामा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र संवेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।

कूल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४४ वडामा वडाध्यक्ष, छ वटा स्थानीय तहका १२ प्रमुख, उपप्रमुख र प्रत्येक वडामा चार सदस्य गरी कूल २३२ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन् ।जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ उपप्रमुखमा २३ उम्मेदवार छन् ।

अब निर्वाचन हुन बाँकी ४४ वडाध्यक्षका लागि १४८ र ८८ खुल्ला सदस्यका लागि २७३, ४४ महिला सदस्यका लागि १२४ र ४४ दलित महिला सदस्यका लागि ११६ जना चुनावी मैदानमा रहेका जनाइएको छ ।

धौलागिरि तथा अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदै छ । जिल्लामा ४३ हजार ९६० महिला, ४१ हजार ४१४ पुरुष र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस