दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ ।
नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् ।
उनले भने, ‘पहिला सुरक्षा फौजको ब्यारेक भएका कारण बम जमिनमुनि भेटिएको हो ।’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चार वटा बम निष्क्रिय पारिसकिएको छ ।