२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निर्वाचन : घरदैलो अभियानमा केन्द्रीय नेता

अ+ अ-

महेन्द्रनगर । नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् ।

जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् ।

उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् । स्थानीय तहको निर्वाचन पनि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलका केन्द्रीय स्तरका नेता यतिबेला घरदैलो गरिरहेका छन् ।

अघिल्लो निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टदेखि उहाँसित झिनो मत अन्तरले पराजित काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसम्मले यहाँ वडा–वडामा पुगेर नगरप्रमुख/उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यलाई मत मागिरहेका छन् । पालिका निर्वाचनमा मत माग्न कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता, प्रतिनिधिसभा सदस्यलगायत सक्रिय छन् ।

प्रतिनिधिसभा सदस्य डा भट्टले पालिकाको निर्वाचनका माध्यमबाट आफू नागरिकको घरदैलोमा पुग्नुका साथै भएका विकास निर्माणको समेत अनुगमन गरिरहेको बताए । ‘पार्टी गतिविधि र चुनावका बेला नै नागरिकसित भेटघाटको अवसर मिल्ने हो ।’ उनले भने–’अहिले मतदाताले युवा रोजगारीको विषयलाई प्राथमिकताका साथ उठान गरिरहेका छन् ।’

उनले रोजगारीको विषयमा ठोस् नीति नै बनिनसकेकाले बेरोजगारी समस्या हल हुन हुन नसकेको बताए । नेताहरुलाई पार्टीले हरेक तहमा निर्वाचनका लागि खटाएको उनले जानकारी दिए । भीमदत्त नगरपालिकामा एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य निरु पाल, क्षेत्र नं २ का सांसद नरबहादुर धामीलगायत चुनावी प्रचारमा छन् ।

काँग्रेसबाट भीमदत्त नगरपालिकाका नगरप्रमुखका उम्मेदवार पदम बोगटीले वडा नं १ बाट घरदैलो अभियान सुरु गरेका छन् । उनीसँगै काँग्रेस नेता रमेश लेखक पनि घरदैलो अभियानमा सहभागी भएका छन् ।

‘केन्द्रीय तहका नेताहरु घरदैलोमा गएर मत माग्नेदेखि भेलालाई सम्बोधन गर्नुका साथै पार्टी प्रवेश गराउने अभियानमा जुटेका छन्’, शुक्लाफाँटा नगरपालिकामा काँग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार चिन्तामणि भट्टले भने, ‘सबै नेता आ–आफ्नो क्षेत्रमा जनमत आफ्नो पक्षमा पार्न सक्रिय छन् ।’

काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद पनि जिल्लामा चुनावी प्रचारमा सक्रिय छन् । दक्षिण क्षेत्रस्थित पालिकामा माओवादी केन्द्रकी नेतृ बिना मगर पनि घरदैलो अभियानमा सक्रिय छन् ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । काँग्रेस र एमाले भने एक्ला एक्लै चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र तोकेको छ । यहाँ कूल मतदाता सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ ।

प्रतिक्रिया दिनुहोस