२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको हवाई सुरक्षा दर वृद्धि

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ ।

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात् कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो (सोमबार) पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आइकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताए ।

‘आइकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ । यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ, यो प्राधिकरणका लागि मात्रै हैन देशकै लागि महत्त्वपूर्ण उपलब्धि हो’, महानिर्देशक अधिकारीले भने ।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो । यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो ।

हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन गर्दै आइकाओको अडिट टोलीले नेपालको सुरक्षा स्कोर बढाएको महानिर्देशक अधिकारीले बताए ।

आइकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो । उक्त सम्परीक्षणको क्रममा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे/गराएका कार्य र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको थियो ।

आफ्ना १९३ सदस्य राष्ट्रको उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारमा टेवा दिने उद्देश्यले आइकाओले निरन्तर निगरानीको सिद्धान्त अवलम्बन गर्दै अडिट कार्यक्रम लागू गर्दै आएको छ ।

सन् २००९ मा सबै आठ क्षेत्रको सम्परीक्षण गरे पश्चात् सन् २०१३, २०१६, तथा २०१७ मा सम्परीक्षण दर ६६.७६ रहेकामा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसार कूल परिपालना दर ७०।१ प्रतिशत कायम भएको छ ।

नेपालमा सम्परीक्षणका क्षेत्रमा कानुनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अप्रेसन, एयरओर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन् । यी आठ विषयमा आइकाओले अडिट गर्दै आएको छ ।

आइकाओको सूचीमा माथि उक्लिए पनि युरोपेली सङ्घको सुरक्षा सूचीबाट नेपालमाथि गरिएको हवाई प्रतिबन्ध हटेको छैन । नेपालको यो प्रगतिले आगामी दिनमा सकारात्मक सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

विसं २०७० मङ्सिरदेखि युरोपियन युनियनले हवाई सुरक्षा संवेदनशीलता जनाउँदै नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस