काठमाडौँ । सत्तारूढ गठबन्धनको आज (आइतबार) बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ ।
शीर्ष नेताहरूको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले बतायो ।
आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल यसअघि नै बनिसकेको छ ।
बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुङ्गोमा पुग्ने सहमति बनेको छ ।
कार्यदलले सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गरेपछि मात्र अन्तिम निर्णय गरिने जनाइएको छ ।
महानगर र उपमहानगरको टुङ्गो केन्द्रले लगाउने सम्भावना छ ।