एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

१२ सय शय्याको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।

पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कु नियत हट्न नसक्ने एमालेको ठहर छ ।

बुधवार आयोजित पत्रकार संसदीय दलका नेता बैजनाथ चौधरीले भने, ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।’

अब केसी मुख्यमन्त्री पदमा बसिरहन नैतिक रूपमा नमिल्ने एमालेले बताएको छ । एमालेले भनेको छ, ‘अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यस वेलादेखि नै सेटिङ रहेको प्रस्ट नै भएको छ, त्यसैले मुख्यमन्त्री पदमा बसिरहन नैतिकरुपले नमिल्ने भएकाले तत्काल पदबाट राजीनामा दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस