२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जाने सोच त्याग्न प्रधानसेनापति शर्माको आग्रह

अ+ अ-

धनगढी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् ।

यहाँ स्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरूलाई सिकाएर सहयोग पुर्‍याउनु पर्छ भने ।

प्रधानसेनापति शर्माले भने, ‘स्वदेशमै बसेर माटो खन्ने खोस्रने गर्नुस्, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पुर्‍याउनुस्, विदेश जाने सोचमा हुनुहुन्छ भने त्याग्नुस् ।’ विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उनले भने, ‘त्यहाँ नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दुःख पाइन्छ, तपाईँ सक्षम हुनुहुन्छ तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु ।’

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव डुण्डुले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिए।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शमशेर ठकुरी र बलाध्यक्ष रथी सरोज प्रताप राणाले कोषमार्फत सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरेका थिए ।

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तरक्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस