नेकपा एसले निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा एसले निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने भएको छ । उक्त दलको सचिवालय बैठकले जन परिचालनको निर्णय गरेको हो ।

यस्तै बैठकले सबै प्रदेशको कामको अनुगमन, मूल्याङ्कन तथा वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाउने निर्णय गरेको छ ।

यसका लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उप महासचिव जगन्नाथ खतिवडा, वाग्मतीमा उप महासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उप महासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल, सुदूर पश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस