२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनका कारण गरेका १४ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।

अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर छन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त मदिरा सप्लायर गर्ने व्यक्तिसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

अमृतसरको भंगाली, पातालपुरी, मरारीकला, थेरेवाल र तलबन्डी घुम्मन भन्न गाउँमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पञ्जाब राज्य सरकारले नक्कली मदिरा सप्लाइ गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ ।

अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएपछि ती पाँच वटै गाउँमा मेडिकल टिम पठाएर परीक्षण थालिएको छ ।