२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रीनकार्ड

अ+ अ-

जनवरीको रात आज बोष्टनमा निकै चिसो छ ।

मान्छे नै उडाउला जस्तो गरेर हावा चलेको छ ।

बाहिरको बाताबरण जति चिसो छ त्यो भन्दा कयौ गुणा चिसो मेरो मन छ, किन हो कुन्नि आजकाल मनमा कुनै उत्साह र खुशी नै हुँदैन ।

बिनाकारण खुशी वा दुःख लाग्नु मानसिक रोगको लक्षण हो भन्छन्, कतै मलाई मानसिक रोगले घेर्दै लगेको त होइन ?

एउटा अज्ञात भयले मुटु नै चिसो हुन्छ र हावाको एउटा कडा झोक्काले मेरो ज्याकेटको टोपी उदाउँदा टाउको पनि चिसो हुन्छ । कस्तो रगतै जम्ला जस्तो चिसो भनेर मनमनै सोच्दै म अगाडी बढिरहेको छु ।

काम गर्ने स्थान थर्टी थ्री बेस्टन एभेन्युबाट मेरो डेरा थ्री कोलिन्स स्ट्रीटको दुरी हिडेर त्यस्तै दश मिनेटको छ ।

अमेरिकामा यतिको दुरीलाई निकै नजिक मानिन्छ, तर पनि मलाई डेरा जान मनै लाग्दैन किनकी त्यहाँ पुग्नासाथ ग्रिनकार्ड (अमेरिकामा स्थायी बसोबास अनुमति पत्र) को लोभमा मैले बिबाह गरेको आफुभन्दा झन्डै बीस बर्ष जेठी र सधै रक्सिले झल्लु भइरहने श्रीमतीको आमाचकारी गाली सुन्नु पर्छ, यस्तो गाली सुन्न थालेको पनि आज करिब बाइस बर्ष भइसकेको छ र एक प्रकारले म यस्तो गालीमा बिस्तारै अभ्यस्त भइसकेको छु ।

महिला अधिकार चरम बिन्दुमा रहेको यो देसमा मलाई यो श्रीमती भालुको कम्पट भएको छ, न त म उसलाई सजिलै छोड्न सक्छु न त मिलेर शान्ति का साथ बस्न नै सक्छु ।

बत्तीस बर्षको उमेरमा करिब बाइस बर्ष अगाडी पर्यटक भिसामा अमेरिका छिरेको म, छ महिना पछि भिसाको म्याद सक्किनासाथ गैर कानुनी आप्रबासी हुन पुगेँ । प्रचलित नियम कानुनको बर्खिलाप नगरेसम्म पक्राउ गरेर देश निकाला नगर्ने भएकोले यो देसमा म र म जस्तै लाखौ गैर कानुनी आप्रबासीहरु तीसौ बर्ष देखि पनि काम गरेर बस्दै आइरहेका छन् । लाटो खान्छ तीन बल्ड्याङ्ग बाठो खान्छ दस बल्ड्याङ्ग भनेको जस्तो अरुको लहै लहैमा सजिलै ग्रिनकार्ड पाउने लोभमा मैले झन्डै बिस बर्ष जेठी महिलासंग कागजी बिबाह गर्न पुगे, याँहा धेरै महिलाहरुको मासिक रुपमा पैसा लिएर कागजी बिबाह गर्ने र छोड्ने ब्यापार नै छ ।

पहिले हरेक महिना पाँच सय डलर तिर्ने र अलग अलग बस्ने, दुइ बर्ष पछि मेरो ग्रिनकार्ड हुनासाथ पारपाचुके गरेर आफ्नो आफ्नो बाटो लाग्ने सम्झौता अनुसार करिब नौ महिना मासिक रुपमा पैसा तिरेर मैले उसलाई कागजी श्रीमती बनाएको थिए । तर दसौँ पैसा लिन मेरो डेरामा आएको समयमा अचानक ठुलो पानी पर्यो र राती अबेरसम्म उ मेरो एपार्टमेन्टमा नै रुक्न बाध्य भइ, त्यो दिन मेरो जीबनमा औशीको रात नै लिएर आएको रहेछ मैले उ संग शारीरिक सम्पर्क राख्न पुगे । त्यसपछि हरेक हफ्ता हाम्रो बीचमा शारीरिक सम्पर्क हुन् थाल्यो । केहि समय पछि हामीले लिभिङ्ग टुगेदर को रुपमा संगै बस्ने विचार गरेर संगै बस्न थाल्यौ, संगै बसेपनि दुइ बर्ष पछि पारपाचुके गर्ने हाम्रो सम्झौता कायम नै थियो ।

त्यो दिन त्यस्तो शारीरिक सम्पर्क राख्ने र संगै बस्ने कुविचार मेरो मनमा कुन दसा लागेर आयो होला भनेर म आफैलाई हरेक पल र हरेक दिन धिकार्छु, तर धिक्कारेर के गर्नु अब मैले गर्न सक्ने केहि छैन, म नराम्ररी खाडलमा फसिसकेको छु ।

आफुले राम्ररी नबुझी गलत निर्णय लिँदा र बुझेकाहरुले भनेको नसुन्दा आज म नत तल जान सक्ने नत माथि जान सक्ने अर्थात् धोबीको कुकुर न घरको न घाटको भनेको जस्तो भएको छु अर्थात् म संग आज नत ग्रिनकार्ड छ नत मनमा शान्ति ।

नेपालमा म फर्किने आशामा पर्खेर बसेका बाबु, आमा, श्रीमती र छोरीलाइ नै पट्यार लागिसकेको हुनुपर्छ । छोरीको त बिबाह भएर पनि म हजुरबुवा भइसके तर नातिनीको मुख देख्न पाएको छैन । हावाको अर्को कडा झोक्काले म अचानक बर्तमानमा फर्किन पुग्छु, म त डेराभन्दा निकै टाढा ब्रोड बे सम्म पुगिसकेको रहेछु, हत्तेरी एक सुरमा हिड्दा त कहाँ आइपुगिएछ भन्ने सोच्दै मनमा एउटा अर्को डरले प्रवेश गर्यो ।

अब फेरी फर्केर डेरा पुग्दा किन ढिलो आइस् भनेर मैले श्रीमतीको मुखबाट आमाचकारी गाली सुन्नु पर्ने छ, सम्भबत उसलाई रक्सि र चुरोट पनि चाहिनेहोला तर रातिको एघार बजे पछि रक्सि, वाइन, बियर जस्ता पदार्थ बिक्रि वितरण गर्न नपाइने नियम भएकोले सबै पसलहरु बन्द भइसकेका छन् ।

यस्तो मेरो हरेक दिन दोहारिरहने घटना हो, अब मलाई यसमा चिन्ता गरेर खासै फाइदा होला जस्तो लाग्दैन, किनकी दुबैजना पारपाचुकेको लागि तयार नभएसम्म कुनै एकले छोड्न सक्दैन, केहि हदसम्म महिलाले चाहेर हुन्छ तर पुरुषले मात्र चाहेर कुनै हालतमा हुन् सक्दैन ।

उ मलाई छोड्न तयार छैन किनकी म जस्तो एक पैसा तिर्न नपर्ने नोकर यो संसारमा कतै पाइदैन ।

उसले मेरो ग्रिनकार्ड बनाउन केहि सहयोग गर्न सक्ने अवस्था छैन किनकी उ गरिब जनतालाइ सरकारी तबरबाट प्रदान गरिने खाद्य भत्ता (फुड स्ट्याम्प) लिएर बसेकी नागरिक हुन्, त्यस्तो नागरिकले कुनै बिदेशी नागरिकसंग बिबाह गरेर ग्रिनकार्डको लागि आबेदन दियो भने आफै सरकारी सहयोगमा बाच्नेले तैले बिदेसी नागरिकलाई कसरी पाल्छस् भनेर सरकारले प्रश्न गर्छ किनकी दुइ बर्षसम्म त्यो बिदेसी नागरिकले नियम अनुसार काम गर्न पाउदैन, गैर कानुनी रुपले काम गर्नु अर्कै कुरा हो ।

अब मैले यो जुनीमा उसबाट छुटकारा पाउन कि त उसको मृत्यु हुनुपर्छ कि त उसको मनमा दया पलाएर मलाई मुक्त गरिदिनु पर्छ ।

उसको मनमा दया पलाउने त कुनै सम्भावना नै छैन, किनकी म जस्तो निशुल्क रुपमा सबै काम गर्ने नोकर उसले यो देसमा पाउने कुरै छैन ।

अब मृत्यु भनेको उ भन्दा अगाडी मेरो पनि हुन सक्छ त्यो कसले जानेको छ र ?

यो देसमा म जस्तै जानीजानी बढी बाठो भएर वा पूर्ण जानकारी नभएर ग्रिनकार्डको लोभमा फसेका कति व्यक्ति होलान् ?

हामि जस्तै तेश्रो बिश्व बाट आएका व्यक्तिलाई पढेलेखेका र धनि व्यक्तिहरुले वास्तै गर्दैनन्, बिबाह गर्ने त धेरै टाढाको कुरा भयो, कतै अपबाद हुनसक्ला त्यो भिन्दै कुरा भयो ।

हामी गोरो छाला भएको विदेशीले बिबाह गर्छु भन्यो भने दायाँ बायाँ केहि नसोचेर हाम फाल्छौ र नराम्ररी फसेपछि मात्र यस्तो रहेछ भनेर थाहा पाउछौ, जब थाहा पाउछौ त्यो बेला निकै ढिलो भैसकेको हुन्छ ।

यस्तै यस्तै सोच्दा सोच्दै डेरा आइपुगेछ ।

अब भित्र पुग्नासाथ मैले श्रीमतीको मुखबाट आमाचकारी गाली सुन्नु पर्ने छ र त्यस्तै कडा रिस उठेको रहेछ भने दुइ चार लात पनि खानु पर्ला ।

घर पुगेर केहि पकाएर खाँदा साढे १२ बजे देखि एक बजिहाल्छ तर भोलि जसरि पनि बिहान छ बजे काममा जानै पर्छ । यस्तो सोच्दै म घर भित्र पस्छु, घर भित्र पसे पछि मलाई सोच्नेसम्म पनि फुर्सत हुदैन ।

बिस्तारै ढोका खोलेर भित्र छिर्दा मेरी श्रीमती रक्सीले मातियर मस्त निन्द्रा मा थिइन् । ग्रिनकार्डको लोभमा परेर अध्यारो कुवामा हाम फालेका आफु लगायत सबैलाई सहानभुती राख्दै सुईय सुस्केरा हाल्छु, मलाई लाग्छ सुस्केराले पनि बिस्तारै भनी रहेछ ग्रीनकार्ड !

0 Comments