२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलाडीसँग मुख्यमन्त्री : ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उनले प्रदेशकै पहिलो गौरवको आयोजनाका रूपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताए ।

मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुन्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

‘रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ’, उनले भने, ‘तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।’ साथै उनले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कर्भडहल बनाउने योजना रहेको बताए ।

मुख्यमन्त्रीसँग कर्णालीका खेलाडीले जिल्ला खेलकुद विकास समितिलाई न्यूनतम कर्मचारी र प्रशिक्षक राख्न बजेटको व्यवस्था गर्न, निर्वाचन क्षेत्रका लागि विनियोजित पूर्वाधार बजेटअन्तर्गत खेल पूर्वाधारलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

त्यस्तै, मुख्यमन्त्रीसमक्ष खेलाडीले जिल्ला र स्थानीय स्तरमा हुने प्रतियोगिताका विजेता खेलाडीलाई समेत सरकारले पदक तथा पुरस्कार प्रदान गर्न, सुरक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरी खेलाडी पलायन रोक्न, पर्यटनसँग खेल क्षेत्रलाई जोड्नुपर्नेलगायतका माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस