२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण

अ+ अ-

खलङ्गा । जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’ अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताइन् । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् ।

शुद्ध र स्वच्छ खानेपानीका लागि पाँचवटा फिल्टरसमेत दिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । ‘कारागारभित्र खेलकुद सामग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने माग आएको थियो’, उपप्रमुख न्यौपानेले भनिन्, ‘मागका आधारमा खेलकुद सामग्री र फिल्टर उपलब्ध गराएपछि यतिखेर कैदीबन्दी निकै उत्साहित भएको छ ।’

जुम्ला कारागारमा ११४ जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार कैदीबन्दीको तत्कालका आवश्यकता त पूर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्नेदेखि सिलाइ बुनाइ तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

यसका लागि तीन वटै तहका सरकारको ध्यानजार्नुपर्ने आवश्यकता देखिएको छ । ‘कारागारभित्र पुस्तकालय छ । तर नयाँ नयाँ पुस्तकको व्यवस्थापन हुन सकेको छैन’, कैदीबन्दी भन्छन्, ‘कारागारभित्र प्रौढ शिक्षाको समेत आवश्यकता देखिएको छ ।’