२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर जिल्लाको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न

अ+ अ-

भकतपुर । जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ ।

सोमबार भएको संघीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८/०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र संघीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिका बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा जिसस भक्तपुरका प्रमुख नवराज गेलालले नगरपालिकादेखि कार्यालय समेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने गर्नु गलत भएको बताए ।

समीक्षामा नगरपालिकाको समस्या, चुनौती, पुँजीगत खर्चको प्रगति कस्तो छ, केही देखिएन भन्दै उनले पालिकाले ऐन, नियम नबनाउने तर कार्यविधि धेरै बनाएर पालिका चलाउने गरेको पाइएकाले यो गलत भएको बताए ।

कार्यक्रममा जिससकोतर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले प्रगति विवरण प्रस्तुत गरेका थिए, भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपप्रमुख जुना बस्नेतको सहभागितामा प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेलले अर्धवार्षिक प्रगति पेस गरेका थिए ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको तर्फबाट प्रशासकीय प्रमुख हरिप्रसाद चापागाईँ, सूचना अधिकृत सिद्धान्त न्यौपाने, मध्यपुरथिमि नगरपालिकाबाट प्रमुख इञ्जिनीयर सत्यनारायण शाह र भक्तपुर नगरपालिकाबाट प्रशासकीय प्रमुखले आफ्ना नगरपालिकाको छ महिनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

अधिकांश नगरपालिकाले विगत छ महिनामा पुँजीगततर्फ २६ प्रतिशतसम्म र चालूतर्फ ४० प्रतिशतसम्म मात्रै प्रगति भएको विवरण पेश गरेका थिए । चुनाव नजिकिँदै गइरहेको अवस्थामा चालू आवको बाँकी समयमा प्रगतिलाई बढाउन चुनौती रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा समीक्षा प्रस्तुत गर्न तय भए पनि ५० प्रतिशत कार्यालयले उपस्थिति नै जनाएनन् ।

प्रतिक्रिया दिनुहोस