२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

अ+ अ-

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ ।

एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो ।

भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारेका थिए ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा यो कार्यक्रम छ ।

यही फागुन २८ देखि आमऔषधि सेवन अभियान सञ्चालन हुने उनले जानकारी दिए । यसका लागि झापामा ६०० स्वास्थ्यकर्मी र त्यति नै सङ्ख्यामा स्वास्थ्य स्वयंसेविका परिचालन गरिने तयारी छ । जिल्लाका आठ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य रहेको उनले बताए । सो सङ्ख्याका लागि करिब नौ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डिइसी औषधिको व्यवस्था गरिएको चौलागाईँको भनाइ छ ।

पछिल्लो तथ्याङ्कानुसार झापामा हात्तीपाइले आशङ्का गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र छ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईँले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको सो गोष्ठीका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले हात्तीपाइलेविरुद्धको औषधिका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकाले बिनासङ्कोच सेवन गर्न आग्रह गरे ।