प्रधानमन्त्री देउवाले एमसिसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौँ : महामन्त्री शर्मा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री देउवाले एमसिसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौँ : महामन्त्री शर्मा


२३ माघ २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सदनबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता गरेको खुलेपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो पार्टीका सभापतिलाई जोडेर एमसिसी अनुमोदन गर्न लिखित प्रतिबद्धता नै भएको खुलेपछि यसबारे थप अध्ययन गरेर पार्टीको आगामी २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने उनले बताए ।

‘पार्टीको बैठकमा छलफल गरेपछि मात्रै यस विषयमा कसरी अघि बढ्ने छ,’ शर्माले भने ।

एमसिसी अनुमोदन गराउने लिखित प्रतिबद्धता गरेको भन्नेसम्मको सूचना मात्रै बाहिरिएकाले यसबारे थप अध्ययन गरेर मात्रै थप धारणा दिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस