७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाटभटेनीमा मापदण्ड विपरीत फ्रोजन मासु भण्डारण तथा बिक्रि वितरण

अ+ अ-

काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३ अनुसार फ्रोजन मिट माइनस १८ डिग्री सेल्सियस वा सो भन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पुल्चोक, ललितपुरस्थित भाटभटेनीले भने ढक्कन नै नभएको फ्रिजरमा खुल्ला रूपमा राखेको र विक्रिवितरण गरेको भेटिएको हो ।

शुक्रवार अपराह्न स्टोरको डिस्पे बोर्ड खुल्ला मात्रै होइन, सबै फ्रिजरको स्लाइडिङ नै थिएन ।

सामान्यतयाः चिसो पारेको मासु(चिल्ड मिट) भन्नाले जिरोदेखि ४ डिग्री सेल्सियस तापक्रममा भएको कोल्ड रूपमा भण्डारण गरेको मासु सम्झिनु पर्ने र फ्रोजन मिटको हकमा माइनस १८ डिग्री कायम गरिनु पर्ने सरकारी मापदण्ड नै भाटभटेनीले उल्लङ्घन गरेको भेटिएको छ ।

यसबारे स्टोरकी स्टोर म्यानेजर मुना राईसँग प्रतिक्रिया लिन खोजेका थियौँ तर उनी यसबारे कुरा उठाएपछि अफ टायम भएको भन्दै यसरी पन्छिइन् ड्युटी अफ भई सक्यो म अहिले घर जाँदै छु, मैले केही अर्जेन्ट हो कि भनेर फोन रिसिभ गरेको र डिउटी आवरमा मात्रै आफ्नो भनाई राख्ने जवाफ दिइन् ।

मासु तथा मासुजन्य पदार्थहरू चाँडो बिग्रने तथा बाहिरी सङ्क्रमणसमेत छिटो हुने भएकोले पनि अनिवार्य मापदण्ड पालना गरिनुपर्छ । बजारमा गुणस्तरहीन सामानहरूको बिगबिगी भई रहँदा ठुलो र प्रतिष्ठित कहलिएकै स्टोरहरूमा मासु जस्तो छिटो बिग्रने पदार्थहरूमा किसिमको लापरबाही कहिले सम्म ? यसमा सरोकारवाला सरकारी निकायको ध्यान पुग्न जरुरी छ ।

त्यसो त यस अघि पनि पटक पटक कालोबजारीमा सरकारले भाटभटेनीलाई कारबाही गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर भाटभटेनी सुपर मार्केटलाई कारबाही गरिएको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

यसैगरी म्याद नाघेको पिउने पानी बिक्री गरेको भेटिएसँगै भाटभटेनीको हनुमानस्थान शाखा पनि कारबाहीमा परेको थियो ।

सम्बन्धित समाचार : म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

ठुला भनिएका व्यवसायीहरूबाटै जनताहरू ठगिने र मापदण्डहरू उल्लङ्घन गर्ने गरिएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएपछि भाटभटेनी सुपर मार्केटले गल्ती भएको स्विकार गरेको थियो ।

सम्बन्धित समाचार : भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’

प्रतिक्रिया दिनुहोस