बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग


१५ बैशाख २०७७, सोमबार


काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर भाटभटेनी सुपर मार्केटलाई सो जरिवाना गरेको हो ।

लाखामरी खरीदमूल्य(एमआरपी) भन्दा बढी मूल्य लिएको सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको हो । खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको हो ।

आफ्नै मूल्य टाँसेर अत्यधिक पैसा असुल्दै आएको चौतर्फी गुनासोपछि अनुगमनमा खटिएको विभागको टोलीले बढी मूल्य लिएको भेटाएको थियो ।

सङ्कटकालीन अवस्थामा मौकाको फाइदा उठाउनेमा स-साना मात्रै होइन, ठुलै उद्योगी, व्यापारीसमेत रहेका छन् । यसैको पछिल्लो उदाहरण हो भाटभटेनी सुपर मार्केट ।

विश्वव्यापी महामारीमा चौतर्फी सहायता र सहयोगी भावनाले काम गर्न सरकारले आग्रह गरिरहँदा भाटभटेनीको यो कुकृत्यको जति निन्दा गरे पनि कमै हुन्छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस