२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङमा उनन्तीस वडा अध्यक्षहरु विजयी

अ+ अ-

धादिङ । जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको मंगलबार दिउँसोसम्म परिणाम घोषणा भएको छ ।

घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा माओवादी केन्द्रले ७ वडा र नेपाली काँग्रेसले ५ वडामा विजय हासिल गरेको छ । धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँवर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन् ।
यसैगरी वडा नं. ५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । वडा नं. ३ मा भने पुनः मतगणना सुरु गरिएको छ । थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नं. १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर थापा र वडा नं. ३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन् ।

गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन् । गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन् । बेनीघाट रोराङ–२ मा एमालेका टङ्ककुमार थापा, र वडा नं. १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी भएका छन् ।

सिद्धलेक गाउँपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित भएका छन् । ज्वालामूखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली काँग्रेसका रणबहादुर शाही विजयी भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित भएका छन् । नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली र २ मा शिव थापा र ३ मा नेपाली काँग्रेसका विजयकुमार पाख्रन निर्वाचित भएका छन् ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित भएका छन् । गङ्गा जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ निर्वाचित भएका छन् । खनियाबास गाउँपालिका—१ मा नेपाली काँग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित भएका छन् । नीलकण्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस