३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

अ+ अ-

झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

विसंं २०७० माघ ५ गते उनले नै उक्त भवन शिलान्यास गरेका थिए । सोह्र कोठाको दुईतले भवन निर्माणमा एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताए ।

भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट ५० लाख, शान्ति मन्त्रालयबाट २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट तीन लाख ८२ हजार, सांसद विकास कोषबाट एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियो ।

यसैगरी विभिन्न दाताबाट ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भूइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् । जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस