२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई बेहोस पारि भारतमा लगेर बिक्री

अ+ अ-

काठमाडौँ । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ ।

उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्‍याएर बेचेको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्‍याएको पीडितको बयान छ । उनले पीडितका दिदीबहिनीलाई नै यसरी पुर्‍याएको पनि खुल्न आएको छ । उनीहरूलाई छुट्टाछुट्टै कोठीमा पुर्‍याएर बिक्री गरेको ब्युरोको दाबी छ ।

भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ । उनीहरूलाई भारतको मुम्बई, कोलकाता, विहार लगायत विभिन्न क्षेत्रमा पुर्‍याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।