एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट


१८ पुस २०७८, आइतबार


पर्वत । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२ औँ बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो ।

यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट एकै दिन प्रतिनिधि छनोट गर्ने कार्यतालिकाअनुसार शनिबार सात वटै पालिकाका सबै वडामा भेला गरी प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको छ ।

एमालेका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार अधिकांश वडामा सर्वसम्मतरुपमा प्रतिनिधि चयन भइसकेका र केही वडामा सहमतिको प्रयास जारी रहेको छ ।

अधिवेशन नजिकिँदै गएकाले नटुङ्गिएका वडामा पनि आजसम्म सहमतिमै प्रतिनिधि छनोट हुने उनको भनाइ छ । एमालेको बैठकले प्रत्येक ५० जना सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा महिलाका हकमा ४० जना बराबर एक/एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो ।

यसबाहेक पालिका कमिटीबाट दुई/दुई र जनसङ्गठनबाट एक/एक प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस