मुक्तकम्लरीको पढाइका लागि १५ लाख विनियोजन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुक्तकम्लरीको पढाइका लागि १५ लाख विनियोजन


१७ पुस २०७८, शनिबार


तुलसीपुर । दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख बजेटको व्यवस्थापन गरेको छ ।

यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो ।

अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताए ।

यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो ।

तीनै तहको सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताए ।

अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उनको भनाइ थियो ।

अहिले सोही छात्रवासमा ४६ पूर्वकम्लरीले अध्ययन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस