२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

अ+ अ-

बेनी । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका १० सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । संस्थामा आवद्ध उनीहरुको एक वर्षको लागि स्वास्थ्य बीमा गरिएको हो ।

बीमाका लागि लाग्ने जनही नगद रु तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी दिए । बुधबार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीतेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बराल, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र सोसाइटीका अध्यक्ष कमल खत्रीले स्वास्थ्य बीमाको परिचयपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा दुई जनाले पहिलो पटक स्वास्थ्य बीमा गरेका हुन् भने ८ जनाको बीमा नवीकरण गरिएको थियो । संस्थाले विगत तीन वर्षदेखि संस्थामा आवद्ध पत्रकार र उनीहरुका घरपरिवारकोसमेत स्वास्थ्य उपचारमा सघाउन सामूहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

‘सरकारले ल्याएको स्वास्थ्य बीमाबाट न्यून र मध्ययम आय भएका व्यक्तिको स्वास्थ्य उपचारमा निकै ठूलो राहत मिलेको छ, पत्रकार र उनीहरुका परिवारका सदस्य बिरामी पर्दा हुने खर्चलाई बचत गर्न र आर्थिक क्षति कम गर्न संस्थामा आवद्ध पत्रकारलाई सामूहिक स्वास्थ्य बीमा गर्न थालिएको हो, आगामी वर्षमासमेत यसलाई निरन्तरता दिने हाम्रो योजना छ’ उनले भने ।

अस्पतालका डा कँडेलले बीमाको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीको सङ्ख्या बढेको र सोसाइटीले सामूहिक रुपमा गरेको बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुग्ने बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्न आग्रह गरे ।

बोर्ड प्रमुख बरालले जिल्लामा स्वास्थ्य बीमाको प्रचारप्रसारमा सञ्चारकर्मीले रचनात्मक भूमिका खेलेको बताए । हालसम्म नौ हजार ५४ घरधुरीका २४ हजार ६२३ बीमामा आवद्ध भएको उनले जानकारी दिए।

उक्त कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहजकर्ता चण्डीका पौडेलले बीमितले अस्पतालबाट प्राप्त गर्नुपर्ने औषधि नपाउने, पोखरा लगायतका अस्पताल जाँदा रेफरमा ढिलाइ हुने, अस्पतालका स्वास्थ्यकर्मीबाट दोहोरो व्यवहार हुने, बिदाको दिनमा सेवा नपाउने गुनासा आएको जनाउँदै ध्यानकर्षण गराएकी थिइन् ।

पाँचजना सम्मको परिवारलाई रु तीन हजार ५०० शुल्क तिरेर स्वास्थ्य बीमा गरेपछि प्रतिपरिवारले वार्षिक रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । सोसाइटीले पत्रकार र पत्रकारका घरपरिवारलाई आपतविपत् पर्दा सघाउनका लागि रु दुई लाख पाँच हजार राशिको अक्षयकोष समेत स्थापना गरेको छ ।