२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

अ+ अ-

रुपन्देही । नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । लुम्बिनीमा आज सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा उनले पार्टीलाई उचाइमा पुर्‍याउन र जनमत हासिल गर्न जनवर्गीय सङ्गठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

पार्टी बलियो बनाउन एमालेले जनवर्गीय सङ्गठनको अवधारणा ल्याएको उल्लेख गर्दै उपमहासचिव गुरुङले नेतृत्वले सङ्गठनको सही व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उनले साङ्गठनिक अराजकताले पार्टी कमजोर हुने भएकाले यसतर्फ सचेत रहन आग्रह गरे । पार्टीले लिएको राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको लक्ष्य पूरा गर्न यससँग जोडिएका जनवर्गीय सङ्गठन पनि सोहीअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘नीति सही हुँदाहुँदै पनि नेतृत्व सही भएन भने सङ्गठन सफल हुँदैन । नीति कार्यान्वयन गर्न दृढ सङ्कल्प भएको सक्षम नेतृत्व चाहिन्छ’, नेता गुरुङले भने ।

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले जनताको हृृदयमा पार्टीलाई स्थापित गर्ने काममा जनवर्गीय सङ्गठनको भूमिका हुनुपर्ने बताए । राम्रा कामको प्रचार गरेर तीनै तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न जनवर्गीय सङ्गठनको भूमिका प्रमुख रहने उनले उल्लेख गरे । एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले विगतका कमिजोरीबाट पाठ सिकेर सङ्गठनलाई एकताबद्ध बनाइ अघि बढ्न सुझाव दिए ।

पार्टीका पोलिटब्युरो सदस्य एवम राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले राम्रा कामको प्रचारप्रचारमा कन्जुस्याइँ नगर्न आग्रह गरे । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई बलियो बनाउन सबैको एकता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए । बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।