३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई विजयी गराउन सभापति देउवाको अपिल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारबाट शासन तथा विकास निर्माण गर्ने सबै अधिकार तराई मधेसदेखि हिमालसम्मका गाउँ नगरसम्म पु¥याउने एउटा अभूतपूर्व अवसर प्रदान गर्ने बताएका छन् ।

सभापति देउवाले बुधबार एक विज्ञप्तिमार्फत काँग्रेसको नेतृत्वमा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी सम्पन्न भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न फेरि एकपटक काँग्रेसकै नेतृत्वदायी भूमिका अपरिहार्य देखिएको जनाएका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै आएको हो । हजारौँ परिवर्तनगामी र लोकतन्त्रप्रेमी जनता र कार्यकर्ताको अनवरत सङ्घर्ष, त्याग एवम् बलिदान अनि त्यसमा काँग्रेसको निरन्तर नेतृत्वदायी भूमिका र योगदानका कारण हासिल भएको हो” – सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय निर्वाचनले दिएको उल्लेख गर्दै सभापति देउवाले स्थानीय निर्वाचनमार्फत सामाजिक, आर्थिक पूर्वाधार विकास, सुशासन र स्थानीय समृद्धि प्राप्त गर्न सके तल्लो तहमै लोकतन्त्रको मजबुत आधारशीला बन्ने विश्वास व्यक्त गरेका छन् ।

वि.सं. २००७ देखिका सबै राजनीतिक परिवर्तनमा काँग्रेसको निर्णायक संलग्नता रहेको उल्लेख गर्दै उनले स्थानीय प्राकृतिक स्रोतको समावेशी, समुचित र दिगो परिचालनमार्फत गाउँ नगरको अर्थतन्त्रमा गतिशीलता ल्याउने स्थानीय सरकार काँग्रेसले मात्रै दिनसक्ने जिकिर गरे ।

“समाजको आपसी सद्भाव, मेलमिलाप, एक अर्काप्रतिको सम्मान र सहयोगले मात्र समग्र देशको भलो हुन सक्छ । स्थानीय निर्वाचनमा काँग्रेसको सफलता हरेक क्षेत्र, तह, समुदाय र वर्गका जनताको स्वाभिमान र उज्यालो भविष्यसँग गाँसिएको छ”– विज्ञप्तिमा भनिएको छ ।

वि.सं. २००७ देखि नै विकेन्द्रीकरण र स्वशासनका पक्षमा खुलेर आवाज उठाउँदै आएको काँग्रेसका लागि स्थानीय तहको निर्वाचन खुसीको अवसर भएको जनाउँदै सभापति देउवाले काँग्रेसका पक्षमा मतदान गरी आफ्ना उम्मेदवारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस