२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

अ+ अ-

खोटाङ । यही मङ्सिर–२२ र २३ गते जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।

अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए।

‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भए लगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौँ ।’

दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् ।

खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताए ।

‘सरकारले हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेको छ’, उनले भने, ‘बाँकी रहेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा डेस्क स्थापना गरेर क्रमशः उपलब्ध गराउने तयारी गरेका छौँ ।’

विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिए ।

गत वैशाखयता तीन हजार ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । विभिन्न समयमा विभिन्न स्थानीय तहका गरी १५ जना स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका जिल्लामा हालसम्म बन्दाबन्दी भने गरिएको छैन ।

जिल्लामा लकडाउन नगरिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जनाइएको छ । पहाडी जिल्लामा २०० तराई तथा ठुला सहर भएका जिल्लामा ५०० सङ्क्रमित पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको थियो ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै जिल्लाका स्थानीय तहका विभिन्न ठाउँमा निर्माण गरिएका २३४ शय्याको संस्थागत आइसोलेसन खाली रहेको जनाइएको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि जिल्लाका स्थानीय तहमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई समेत सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस